दफा २४
विरामी बिदा

(१) प्रधान न्यायाधीश वा न्यायाधीशले प्रत्येक वर्ष पन्ध्र दिनका दरले पारिश्रमिक सहितको विरामी बिदा पाउनेछ ।

(२) उपदफा (१) बमोजिमको विरामी बिदा सञ्चित गरी राख्न सकिनेछ ।

(३) उपदफा (२) बमोजिम सञ्चित रहेको विरामी बिदा बापत प्रधान न्यायाधीश वा न्यायाधीशले सेवाबाट निवृत्त हुँदाका बखत आफूले खाईपाई आएको मासिक पारिश्रमिकले हिसाब गर्दा हुन आउने रकम एकमुष्ट लिन पाउनेछ ।

(४) प्रधान न्यायाधीश वा न्यायाधीशले कुनै ठूलो र कडा रोग लागी स्वीकृत चिकित्सकको प्रमाणपत्र पेश गरेमा विरामी बिदा बाँकी नभए पनि दुई महिनासम्म पारिश्रमिक सहितको र त्यस्तो पारिश्रमिक सहितको थप विरामी बिदा लिइसकेपछि एक पटकमा थप चार महिनासम्म र सेवाको अवधिभरमा जम्मा बाह्र महिनामा नबढ्ने गरी बिना पारिश्रमिकको विरामी बिदा पाउन सक्नेछ ।

तर त्यसरी पारिश्रमिक सहितको थप विरामी बिदा लिँदा प्रत्येक दुई दिन थप विरामी बिदा बापत एक दिनका दरले घर बिदा कट्टा हुनेछ ।

(५) सञ्चित विरामी बिदा वा सो बापतको रकम लिन नपाउँदै प्रधान न्यायाधीश वा न्यायाधीशको मृत्यु भएमा त्यस्तो रकम दफा १६ को उपदफा (१) बमोजिमको व्यक्तिले एकमुष्ट लिन पाउनेछ ।